एनआइसी एशियाले ल्यायो सुप्पर चमत्कारी विद्यार्थी बचत योजना



काठमाडौं । एनआइसी एशिया बैंंकले ‘सुप्पर चमत्कारी विद्यार्थी बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले विद्यार्थीहरुको ज्ञान र वित्तीय क्षमता अभिवृद्धि गर्नका लागि उक्त योजना ल्याएको हो ।

सो योजनामा बैंकका खातावाला विद्यार्थीहरुले शैक्षिक संकाय अनुसारको १५ लाख रुपैयाँसम्मको कर्जा पाउने बैंकले जनाएको छ ।

बैंकद्वारा सार्वजनिक योजनामा सहभागी हुन १८ वर्ष उमेर समूहमाथिका एनआइसी एशियाका खातावाला विद्यार्थीले पाउनेछन् भने मासिक ६.५० प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँ कर्जा पाउनेछन् ।


क्लिकमान्डु