सेञ्चुरी कमर्सियल बैंक आरटीजीएस प्रणालीमा




काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच भदौ २२ आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंक, भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा बैंकले आफ्ना ग्राहकहरुको आवश्यकताअनुसार नेपाल राष्ट्र बैंकद्वारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछ ।


क्लिकमान्डु