इक्यान ललितपुरका सचिव बस्नेतले दिए राजीनामा (पत्रसहित)



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललिपुर इक्यानका सचिव विजय बस्नेतले राजीनामा दिएका छन् ।
बस्नेतले काम गर्ने वातावरण नभएको भन्दै भदौ २५ गते बुधबार राजीनामा दिएका हुन् ।

राजीनामा पत्रमा आफ्नो व्यक्तिगत कारण देखाउँदै सचिव पदमा बसेर काम गर्न नसक्ने बताए पनि कार्यसमितिमा काम गर्न नदिएकै कारणले राजीनामा दिएको इक्यान ललितपुर स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘इक्यान ललितपुर र केन्द्रबाट समेत काम गर्नका लागि सहज वातावरण नभएकाले नै उहाँले राजीनामा दिनु भएको हो ।’

वर्तमान कार्यसमितिको ३ महिना लगभग समयावधि रहँदा बस्नेतले राजीनामा दिएका हुन् ।

बस्नेतले कुपण्डोलमा फ्च्युन नामक एजुकेशन कन्सलटेन्सी चलाउँछन् ।


क्लिकमान्डु