नाराको अध्यक्षमा गंगाप्रसाद नेपाल विजयी



काठमाडौं । नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नयाँ कार्यसमिति पाएको छ । नाराको अध्यक्षमा गंगाप्रसाद नेपाल विजयी भएका छन् । उनले ३७ मत ल्याएर विजयी भएका हुन् । सम्पन्न निर्वाचनमा उनका प्रतिद्वन्दी कमलप्रसाद ठकुरीले २५ मत ल्याएर पराजित भएका छन् ।

उपाध्यक्ष्मा नेपाल समुहका मेघ आलेले ३६ मत ल्याएर विजयी भए । उनका प्रतिद्दन्दि चुडामणी अर्यालले २६ मत पाएका थिए । महासचिवमा ठकुरी प्यानलका शिशिर खनाल विजयी भएका छन् । खनालले ३५ मत ल्याए भने उनका प्रतिद्वन्दी शिव अधिकारीले २७ मत पाएका छन् ।

सचिवमा इन्द्र बहादुर राईले ३२ मतका साथ विजयी भएका छन उनका प्रतिद्वन्दी राजु खड्काले ३० मत पाएका छन् । कोषाध्यक्षमा रिता अधिकारी ३७ मत ल्याएर विजयी भएकी छन् । सहकोषाध्यक्षमा नारायण श्रेष्ठ ३० मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै सदस्यहरुमा इन्दुदेवी वाग्ले ५४, राजेन्द्र थपलिया ४०, गोपाल राना ३८, मदन प्रसाद ढकाल ३४ मत पाएर विजयी भएका छन् ।


क्लिकमान्डु