ह्वावेको २०१९ को पहिलो ६ महिनामा आय २३.२ प्रतिशतले बढ्यो



काठमाडौं । ह्वावेले सन् २०१९ को पहिलो ६ महिनाको आफ्नो व्यापार आय सार्वजनिक गरेको छ । घोषित आय ४.०१ खर्ब चिनियाँ युआन रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २३.२ प्रतिशतले वृद्धि हो ।

सन् २०१९ को पहिलो ६ महिनाको अवधि मा ह्वावेको खुदनाफा ८.७ प्रतिशत रह्यो ।

ह्वावेका अध्यक्ष लियाङ हुआका अनुसार कम्पनीको संचालन सहज रूपमा र सदाजस्तै निकै राम्रो चलिरहेको छ । प्रभावकारी व्यवस्थापन र सबै आर्थिक सूचकांकहरूमा सर्वोत्कृष्ट प्रदर्शनका कारण सन् २०१९ को पहिलो ६ महिनामा ह्वावेको व्यापार निकै मजबुत रहेको छ ।

ह्वावेका अध्यक्ष लियाङ हुआ
उत्पादनमा निरन्तर वृद्धि र वायरलेस नेटवर्कहरू, अप्टिकल ट्रान्समिसन, डेटा कम्युनिकेशन्स, आईटी र डोमेनसँग सम्बन्धी उत्पादनहरूको सिपमेन्ट जस्ता कारणहरूले गर्दा ह्वावेको क्यारियर बिजनेस तर्फ बिक्रीबाट आर्जित आय१.४६ खर्बचिनियाँ युआन पुग्यो । हालसम्म ह्वावेले ५० वटा व्यवसायिक फाइभजी अनुबन्धहरू प्राप्त गर्न सफल भइसकेको छ भने विश्वभर १ लाख ५० हजार भन्दा बढी बेस स्टेशनहरू रहेका छन् ।
ह्वावेको इन्टरप्राइज बिजनेसतर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय३१.६ अर्र्ब चिनियाँयुआन रह्यो । ह्वावेले क्लाउड, आर्टि्भिसल इन्टेलिजन्स, क्याम्पस नेटवर्कहरू, डेटा सेन्टरहरू, इन्टरनेट अफथिङ्स र इन्टेलिजन्ट कम्प्युटिङजस्ता विभिन्न डोमेनहरूमा आफ्नो आईसीटी पोर्टफोलियोलाई ह्वावेले निरन्तर रूपमा सुदृढ तुल्याई रहेको छ । सरकारी तथा युटिलिटी उपभोक्ताहरूकामाझतथा अर्थ, ढुवानी, उर्जा र अटोमोबाइल जस्ता व्यवसायिक क्षेत्रहरूमा पनि विश्वासिलो वितरकका रूपमाह्वावे रहेको छ ।
ह्वावेको कन्ज्युमर बिजनेसतर्फ सन् २०१९ को पहिलो ६ महिनामा बिक्रीबाट आर्जित आय२.२० खर्बचिनियाँयुआनपुग्न सफलभयो । ह्वावेको स्मार्टफोनहरूतर्फको (हनर फोनहरूसहित) सिपमेन्ट संख्या११.८ करोड वटा पुग्न सफलभयो जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशतले वृद्धि भएको हो ।
ह्वावेको ट्याब्लेटहरू, पीसी कम्प्युटरहरू तथा वेयरेबलहरूको सिपमेन्टतर्फ पनि उत्साहजनक वृद्भि भयो । हालसम्म ह्वावेको मोबाइल सर्भिस इकोस्टिमको ८ लाखभन्दा बढी पनिदर्ता गरिएका डेभेलपरहरू र विश्वभर पचास करोडप्रयोगकर्ताहरू रहेका छन्।
‘मे महिनाभर आम्दानीतीव्र गतिमा बढ्यो’ लियाङले भने, ‘अमेरिकी सरकारले ह्वावेलाई देशको राष्ट्रिय सुरक्षाका लागि जोखिमयुक्त भएको भन्दै ‘इन्टटी लिस्ट’मा सूचीकृत गरे पनि वर्षको पहिलो ६ महिनामा हामीले जुन आधार तयार पार्यौँ त्यसले गर्दा बिक्रीमा हामीले निरन्तर वृद्धि देख्यौँ ।’
यसको अर्थ भनेको हाम्रो अगाडि कठिनाइहरू नभएका होइनन् । हामी गर्छौँ र अल्पकालका लागि यसले हाम्रो वृद्धिको गतिमा प्रभाव पार्न सक्छ ।’
उनी थप्छन, ‘तर हामी आफ्नो गतिमा कायम रहनेछौँ । हाम्री भविष्य प्रति पूर्ण आशावादी छौँ र पूर्वयोजना अनुरूप नै हामी लगानीलाई निरन्तरता दिनेछौँ र यस वर्ष रिसर्च र डिभेलपमेन्टमा कुल १ .२ खर्ब चिनियाँयु आन लगानी गर्दछौँ । हामी विभिन्न चुनौतीलाई पार गर्नेछौँ र हाम्रो पूर्ण विश्वास छ कि ह्वावे विकासको नयाँ चरणमा प्रवेश गर्नेछ ।’


क्लिकमान्डु