इथियोपियाबाट एक अर्ब २० करोड डलरको कफी र तेलहन निर्यात



आदिस अबाबा । इथियोपियाले गत आर्थिक वर्षमा एक अर्ब २० करोड अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको कफी र तेलहन वस्तु निर्यात गरेको छ ।

इथियोपियाबाट ठूलो मात्रामा कफी निर्यात हुने गर्दछ । इथियोपिया अरेबिका जातको कफी उत्पादन गर्ने एउटा प्रमुख अफ्रिकी मुलुक हो । मुलुकको अर्थतन्त्रको मुख्य आधार नै यहाँको कफी उत्पादन रहेको छ ।

आगामी पाँच वर्षभित्रमा कफी उत्पादनलाई १८ लाख टन पु¥याउने इथियोपिया सरकारले घोषणा गरेको छ । हाल इथियोपियामा करिब ६ लाख टन कफी उत्पादन हुँदै आएको छ ।

इथियोपियाली कफी तथा चिया प्राधिकरण ९इसीटिए० का अनुसार आगामी दिनहरुमा कफीका लागि चीन प्रमुख बजार हुने अवस्था सिर्जना भएको छ । गत वर्ष अप्रिलमा चीन र इथियोपियाबीच चीनमा कफी निर्यात गर्नेसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

इथियोपियाको प्रमुख निर्यात कृषिजन्य वस्तुमा तेलहन समेत रहेको छ । यी वस्तुको समेत चीन निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

इथियोपियाली कृषिजन्य एवं अन्य सामानको प्रमुख निर्यात मुलुक चीन रहेको छ । इथियोपियाली व्यापार मन्त्रालयका अनुसार सन् २०१७–१८ को एक वर्षको अवधिमा इथियोपियाबाट चीनतर्फ २४ करोड ५० लाख अमेरिकी डलर बराबरको सामान निर्यात भएको थियो ।


क्लिकमान्डु