पर्यटकीय स्थलमा विदेशी मुद्रा सटही काउन्टर खोलिने



काठमाडौं । सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य सहित घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन पर्यटकीय स्थलहरुमा विदेशी मुद्रा सटही काउन्टर स्थापना गर्ने भएको छ ।

राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भ्रमण वर्षका क्रममा आउने पर्यटकको सुविधाका लागि विदेशी मुद्रा सटही काउन्टर खोल्ने व्यवस्थालाई थप सहज बनाउने भएको हो ।

प्रमुख पर्यटकीय स्थलमा बैंक तथा वित्तीय संस्थाले छुट्टै काउन्टर खोली विदेशी मुद्रा सटही सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको गभर्नर डा. चिरञ्जीवी नेपालले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख छ ।


क्लिकमान्डु