सेञ्चुरी बैंककोे एक्सटेन्सन काउन्टर बुढानिलकण्ठमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिका–११ कपनमा एक्सटेन्सन् काउन्टर सुरु गरेको छ ।

आइतबार काउन्टरको औपचारिक उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले संयुक्त रुपमा गरे ।

बैंकले उक्त काउन्टरबाट सुरक्षा भत्ता प्रदान गर्ने तथा त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्य राखेको छ ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।

उद्घाटन पश्चात् बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


क्लिकमान्डु