प्रभु टिभीको ओटीटी सेवा सुरु



काठमाडौं । प्रभु समुहले नेपालमा पहिलो पटक डिजिटल भिडियो प्रशारण (डीभीबीटीटु)मा आधारित प्रभु टिभीको सुरुवात गरेको थियो ।

सुचनाप्रविधिको विकासको क्रमसंगै प्रभु टिभीको कल साईनमा अब ओटीटी प्रणालीमा आधारित मोबाईल, ट्याब्लेट तथा ल्याबटपमा समेत आफुले छानेको च्यानलहरु प्रभु टिभीको एप्लिकेशन मार्फत हेर्न सकिन्छ ।

यस प्रभु टिभि कल साईन मार्फत विभिन्न राष्ट्रिय तथाअन्र्तराष्ट्रिय टिभि च्यानलहरु मोवाईल, ट्याव्लेट तथा ल्याबटपमा ईन्टरनेटको माध्यमबाटन्यूनतममूल्यमा हेर्न सकिने गरी प्रभु टिभी ओटटी सेवा सुरु भएको कम्पनीले जनाएको छ । यो सेवा एनटिसी,एनसेल र स्मार्ट सेलका ग्राहकले समेत प्रयोग गर्न सक्नेछन् ।

यसका अतिरिक्त ग्राहकहरुको सुविधा र वर्तमान आवश्यकतालाई महसूस गरी निकट भविष्यमै यस कम्पनीले अन्य कम्पनीसँंगको सहकार्यमा आइटिभी सेवा प्रदानगर्ने कार्यको प्रारम्भ गरि सकेको छ । जस अन्तर्गत ग्राहकहरुले सुलभ मूल्यमा एकै स्थानबाट इन्टरनेट तथा टिभीको सेवा सुविधा प्राप्त गर्नेछन् ।


क्लिकमान्डु