मेरियट होटल सञ्चालनमा, स्थानीय र अन्तर्राष्ट्रिय सांस्कृतिक अनुभव गर्न पाइने




काठमाडौं । राजधानीको नक्सालमा काठमाडौं मेरियट होटल सञ्चालनमा आएको छ । योसँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ ।

आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थित यस होटलले पछिल्लो पीँढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्ने होटलले जानकारी दिएको छ ।

मेरियट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भने, ‘हामी हाम्रो फ्ल्यागसिप ब्राण्ड सुन्दर राज्य नेपालमा ल्याउन पाउँदा निकै खुसी छौं ।

सन् २०१८ मा नेपालले एक मिलियन पर्यटक भित्र्याएको छ र यो नयाँ रेकर्डसँगै देशमा पर्यटन प्रबल सम्भावना रहेको देखिएको छ ।

हाम्रो होटलले काठमाडौंमा अतिथिहरुलाई उत्कृष्ट बसोबासका साथै अतिथिहरुको स्वभाव अनुसार संस्कृतिक अनुभवहरु प्रदान गर्दछ ।’

‘व्यवसायीक यात्रुहरु र फुर्सदिला यात्रीका लागि नेपालमा आश्चर्यजनक अनुभवहरु प्रदान गर्ने धेरै यूनिस्को वल्र्ड हेरिटेज साइटहरु छन् जसमा अतिथिहरुले सोफेस्टिकेटेड स्पेस तथा मेरिएटको न्यानो अतिथ्यिबाट आनन्द लिन सक्नेछन’ उनले भने ।

होटलमा प्रवेश गरेपछि अतिथिहरुले देशप्रतिको सम्मानको भाव झल्किने विभिन्न वस्तुहरु देख्न सक्नेछन् ।

होटलको सिलिङ्ग ५०० केजीको पुजा गर्दा प्रयोग गरिने घण्टी झुन्ड्याइएको छ । र, स्थानीय चित्रकलाले भित्ताहरुलाई आकर्षक बनाएको छ । होटलको प्याटे«न्ड कार्पेट हुबहु नेपालको राष्ट्रिय पोषक ढाका टोपीमा भएको बुट्टाहरु जस्तै रहेको छ ।

२१४ वटा सुव्यवस्थित कोठाहरुले मेरियटको आधुनिक डिजाइनालाई प्रतिबिम्बित गर्दछ । जुन सुन्दर र इन्ट्युटिभ प्रविधिले अझ पूर्ण बनाएको छ ।

परम्परागत डेस्कहरुलाई लचिलो सतहले प्रतिस्थापित गरेर काम गर्न र आराम गर्न सहज स्थान बनाएको छ ।

बस्नका लागि नरम बिछयौना तथा नेस्टिङ कुनाहरुको साथ अतिथिहरुले बाहिरको हरियाली तथा सुन्दर हिमालको दृश्य नियाल्न सक्नेछन जसले प्रभावकारी भावना उजागर गर्दछ ।

होटलका जनरल म्यानेजर जिन लुइस रिपोचीले भने, ‘काठमाडौं मेरियट होटल बस्नको लागि एकदम उत्तम बनाउन अतिथिहरको आवश्यकतालाई महशुस गरेर डिजाइन गरिएको छ ।’
उनले अन्तर्राष्ट्रिय र स्थानीय अतिथिहरुलाई आरमदायी सेवा तथा उत्कृष्ट सुविधाहरु प्रदान गरेर अतिथिहरुलाई अद्वितीय अनुभव प्रदान गर्न तत्पर रहेको बताए ।

होटलमा विशेष गरी ४ वटा डाइनिंग स्थानमा प्रचुर स्थानीय तथा अन्तर्राष्ट्रिय व्यञ्जन प्रदान गरिएको छ । जसले काठमाडौंको क्यूलनेरी दृश्यलाई माथि उठाएको होटलको दाबी छ ।

अतिथि र स्थानीयहरुले बहुसंख्यामा रहेको डाइनिंग अनुभव छनौट गर्न सक्छन् जसमा अल डे डाइनिंग रेष्टुरेन्ट, ठमेल किचन रहेको छ जसमा स्थानीय र अन्तर्राष्ट्रिय खानाहरु पेश गर्न अन्तक्रियात्मक लाइभ कुकिङ्ग किचन रहेको छ ।

एडमामी एशियन विशेषता भएको रेष्टुराँ छ जहाँ थाइ, जापनीज र चाइनिज भोजन पाइन्छ । जसमा विशेष याकिटोरी स्टेसन पनि छ ।

रक्सी एक म्यूजिक बार हो जसले स्थानीय सामग्रीहरको ह्यान्ड ड्राफ्टेड ककटेल पेश गर्दछ र जाज म्यूजिक सेसन पनि आयोजना गरिन्छ ।

बिहानको फ्रेस र फ्लेबरफूल बाइट वा दिउँसोको कफी ब्रेकका लागि केबीसी, काठमाडौं बेकिङ किचन छ जसले स्वादिष्ट मिठाई तथा बेक्ड इन–हाउस पेस्ट्रीसँग फ्रेस एस्प्रेसो र कफी आधारित पेय पदार्थ पाइन्छ ।

७४० स्क्वायर मिटरभन्दा बढी क्षेत्रफलमा रहेको ब्याङकुइट स्पेससँगै काठमाडौं मेरियट होटल कन्फेरेन्स र बैठकका लागि सबैभन्दा नयाँ प्रविधि भएको उपत्यकाकै ठूलो होटल हो ।
एम–क्लबबाट गगनचुम्बी हिमालयन पर्वतको दृश्य देखिन्छ जुन २४सौं घण्टा ब्रेकफास्ट र रिफ्रेसमेन्टका लागि उपयुक्त स्थान हो ।

स्वास्थ्य र सर्वांगिण वेल–विगंसँग केन्द्रित होटलले एम–वेलनेश प्रदान गर्दछ जसमा ४ वटा ट्रिट्मेन्ट कोठा छन् । जसमा दिमाख र शरीरलाई आराम गर्न आयुर्वेदिक सिग्नेचर ट्रिट्मेन्ट तथा आधुनिक थेरापी चयन गर्न सकिन्छ । होटलमा स्वीमिङ्ग पुल र सुविधा सम्पन्न फिटनेश सेन्टर छन् ।

यात्रीहरुले होटलबाट केही पैदलको दुरीमा रहेका एतिहासिक तथा सांस्कृतिक धरोहर जस्तै पूर्व शाही निवास नारायणहिटी प्यालेस संग्रहालय भ्रमण गर्न सक्नेछन् । भने पुन कफी खान, दरबारमार्गको गल्लीमा ग्यालेरी र सपिङ गर्न, व्यस्थ शहरको हरियाली ठाँउ गार्डेन अफ ड्रिमको दृश्य अवलोकन गर्न जान सक्छन् ।

यसबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केबल २० मिनेट ड्राइभिङको दुरीमा छ ।

मेरियट होटलस्को बारेमा
६५ देशहरु र विश्वका भुभागमा ५०० भन्दाबढी होटल र रिजोर्ट भएको मेरियट होटल हरेक अतिथिको बसोबाससँग यात्रालाई विकसित गरिरहेको छ र पछिल्लो पीढीलाई उत्कृष्ट तरीकाले यात्रा गर्न सक्षम बनाइरहेको छ ।

काम र खेललाई प्राथमिकतामा राख्ने घुमन्ते यात्री तथा ग्लोबल यात्रीहरुलाई केन्द्रित गर्दै मेरिएटले नवरचनासँगै उद्योगको नेतृत्व गरिरहेको छ, जसमा स्टाइल, डिजाइन र प्रविधि ग्रेट रुम लबी र मोबाइल गेस्ट सर्भिस समावेश रहेको छ ।


क्लिकमान्डु