गैरकानुनी रुपमा नेपाल बस्ने ५ जना श्रीलंकन नागरिक निस्कासन गरिने, जरिवाना र भिसा शुल्क मिनाहा



काठमाडौं । सरकारले गैरकानुनी रुपमा नेपाल बसेका ५ जना श्रीलंकन नागरिकलाई निस्कासन गर्ने निर्णय गरेको छ ।

सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलन बोल्दै उनीहरुको जरिवाना शुल्क र भिसा शुल्क मिनाहा गरी निस्कासन गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना ३७ हजार ३८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्कासन गर्ने निर्णय गरिएको हो ।


क्लिकमान्डु