कान्ति बाल अस्पतालमा नविनतम पानी व्यवस्थापन प्रणाली जडान



काठमाडौं । बर्षातमा परेको पानी जम्मा गर्ने प्रणाली (रेन वाटर हार्भेस्टिङ) र जमिन मुनिको पानी रिचार्ज गर्ने प्रविधि (ग्राउन्ड वाटर रिचार्ज) स्मार्ट पानी प्रा.लि.ले बोर्टलस नेपालको सहयोगमा कान्ति बाल अस्पतालमा हस्तान्तरण गरेको छ ।

उक्त हस्तान्तरण कार्यक्रममा कान्ति बाल अस्पतालका तर्फबाट डा. गणेश कुमार राई, स्मार्टपानीका तर्फबाट सुमन शाक्य र बोटलर्स नेपालका तर्फबाट प्रदीप पाण्डेको उपस्थिति रहेको थियो ।

बढदो तीव्र जलवायू परिर्वतनकाका कारण विश्वव्यापी तापक्रम परिर्वतन हुनुका साथै जनसंख्या पनि बढ्दो क्रममा छ । जलबायु परिवर्तनका कारण उपयूक्त पानी व्यवस्थापन पनि निकै महत्वपूर्ण चुनौती बन्दै गएको छ । काठमाडौंमा वार्षिक रुपमा करिब ६ देखि ७ महिना पानी पर्दछ जुन उचित व्यवस्थापन गर्न सके वर्षभरिका लागि पर्याप्त हुन्छ । रेन वाटर हार्भेस्टिङ प्रणाली एक उत्तम प्रणालीको रुपमा वर्णन गरिन्छ जसले वर्षातको पानीलाई संचित गरेर खढेरीको सिजनमा यसलाई पुनःप्रयोग गर्न मद्दत गर्दछ । यस प्रविधिले पानीको राम्रो व्यवस्थापन गर्न पनि मद्दत पु¥याउँछ ।

कान्ति बाल अस्पतालमा भएको यस सहकार्यले पानी व्यवस्थापनमा सजिलो हुने विश्वास लिइएको छ


क्लिकमान्डु