कुमारी बैंकका ५ शाखाहरुको ई-उद्घाटन सम्पन्न




काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडाैं उपत्यका बाहिर आफ्ना ५ नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ ।

उद्घाटन समारोह बैंकका सञ्चालक समितिका अध्यक्ष अमिर प्रताप जबराले बैंकका सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृतलगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाइल–प्रविधिबाट ई–उद्घाटनमार्फत सम्पन्न गरे ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो ।

उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाइल प्रविधिबाट विद्युतिय उद्घाटन बैंकको केन्द्रीय कार्यलयबाटै सम्पन्न भएको हो ।

उक्त उन्नत प्रविधिमार्फत सम्पन्न समारोह नेपाली बैंकिङ क्षेत्रकै लागि नविन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण भएको बैंकले जनाएको छ ।

जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्र्शीएको छ । उक्त शाखा विस्तारपछि कुमारी बैंकको कूल शाखा संजाल संख्या ९८ पुगेको छ ।

विगत १८ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९८ शाखा सञ्जाल, ८४ एटीएम, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ इकाइमार्फत ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पुर्याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

)


क्लिकमान्डु