इक्यान अध्यक्ष भन्छन – कन्सलटेन्सीसँग छलफल नै नगरी एनओसी रोक्नु गलत



काठमाडौं । श्रीलंकन राजदूत स्वारा परेराले श्रीलंका घुम्न आउन नेपालीहरुलाई आग्रह गरेकी छन् ।

आइतबार नेपाल शैक्षिक परामर्श संघले आयोजना गरेको ‘फेयर क्लोजिङ’ कार्यक्रममा बोल्दै प्रमुख अतिथी परेराले नेपाल र श्रीलंकाबीच धार्मिक र सास्कृतिक महत्वबारे चर्चा गर्दै नेपालीहरुलाई श्रीलंका घुम्न आउनका लागि आग्रह गरिन् ।

कार्यक्रममा इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले शिक्षा मन्त्रालयले एनओसी रोक्ने निर्णय कुनै पनि हालतमा सही नभएको बताए । ‘हामी पनि स्टेक होल्डर हौं, हामीसँग कुनै पनि छलफल नै नगरी यसरी हचुवाको भरमा निर्णय गर्न हुँदैन’ उनले भने ।

कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालय शैक्षिक प्रमाणिकरण शाखाका उप–सचिव फटिकबहादुर केसीले मुलुकको शिक्षा कस्तो हुने हो भन्ने मुलुक अनुसार फरक पर्ने बताउँदै सोही अनुसार नीति निर्देशिका बनाउनुपर्ने बताए ।

त्यस्तै, एनआरएन अष्ट्रेलियाका संस्थापक मन केसीले एनओसी रोक्ने सरकारको निर्णय गलत भएको बताए । यसका लागि इक्यान जस्ता संघहरु एकजुट भएर लाग्नुपर्ने बताए । उनले उच्च शिक्षाका लागि अध्ययन गर्नका लागि विदेश जाने विद्यार्थीहरुलाई डिप्लोमा, एड्भान्स तथा भाषा अध्ययनका लागि विद्यार्थीलाई एनओसी रोक्न नहुने बताए ।

उनले विश्वविद्यालयको शुल्क अत्यधिक महंगो हुने भएकाले डिप्लोमा र एड्भान्स डिप्लोमामा अध्ययन गर्न जान दिनुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु