डच बैंकले १८ हजार कर्मचारीलाई जागिरबाट निकाल्यो

क्लिकमान्डु २०७६ असार २४ गते १९:२३ मा प्रकाशित

विश्वमा फैलिएको डच बैंकका कर्मचारीलाई एउटा डर महशुस भएको छ ।

सोमबारको दिन धेरै कर्मचारीको लागि बैंकमा अन्तिम दिन थियो । ति कर्मचारीले अन्तिम दिन बैंकमा आफ्नो डेक्स भावुक हुँदै हेका थिए । जर्मनीको बैंकले आफ्नो पुनसंरचना घोषणा गरेको केही घण्टामा नै कम्पनीको मानव संसाधन विभागले कर्मचारीलाई सेवाबाट हटाइएको पत्र दिएको थियो ।

आइतबार बैंकले यो विषयमा पुष्टी गर्दै आफ्नो ट्रेडिङ व्यवसायलाई बन्द गर्ने बताएको थियो । योजना अनुसार चीनको हङकङ,सिड्नीमा कम्पनीको इक्विटी विभागमा काम गर्ने कर्मचारीले अवकास पाउने छन् । सोमबार हङकङमा अफिसको अन्तिम दिन बाहिरिदै गर्दा एक बैंकरले भनेका थिए,‘कुनै नोकरी छ भने मलाई भन्नुहोस्,’

बैंकको हङकङको शाखाबाट निस्कने कर्मचारीको हातमा खाम थियो जसमा बैंकको लोगो थियो । तीनजना कर्मचारीले बैंकको साइन बोर्ड अगाडि उभिएर फोटो खिचे एक अर्कोलाई अंगालो मारे अनि ट्याक्सी चढेर गए ।

कम्पनीमा काम गर्ने एकजना इक्विटी टे«डरले यस्तो खाले जागिर आगामी दिनमा नभेटिए हुन्थ्यो भनेर बताउदै थिए । जागिरबाट निकालिदै गरेका उनले इक्विटी बजार राम्रो नभएको बताएका थिए ।

डच बैंकले इक्विटी व्यवसायबाट हात झिक्ने घोषणा गर्दा कर्मचारी कटौती गरेको हो । यसको प्रभाव लण्डनदेखि भारतमा समेत परेको छ । इकोनोमिक्स टाइम्सबाट

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स