जेजे ज्वेलर्सको प्रायोजनमा आदिबासी जनजाति सौन्दर्य प्रतियोगिता सम्पन्न
काठमाडौं । जेजे ज्वेलर्स (एमेरल्ड प्रालि)को प्रायोजनमा गत असार २० गते राजधानीमा मिसेज आदिबासी जनजाति २०७६ सम्पन्न भएको छ ।
राजधानीको नाचघर, जमलमा आयोजित सौन्दर्य प्रतियोगिताको उपाधि श्रीमति मिनो मोक्तानले जितिन । विजेता मोक्तानलाई जेजे ज्वेलर्सका सीईओ मनोज सोमानीले क्राउन लगाइ दिएका थिए ।
जेजे ज्वेलर्सले प्रतियोगितामा सहभागी सबैलाई हिराका गहनाहरुमा एक पटकको लागि आकर्षक छुट प्रदान समेत गर्नेछ । जेजे ज्वेलर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गर्दै आएको छ ।