उच्च शिक्षामा क्यानडाका लागि पायोनियर संस्था हो ‘म्यापल’– ईश्वर ढकाल



ईश्वर ढकाल प्रबन्ध निर्देशक म्यापल इन्टरनेशल एजुकेशन

उच्च शिक्षाका लागि क्यानडा नेपाली विद्यार्थीका उत्कृष्ट गन्तव्यमध्येको एक हो । विश्वस्तरीय विश्वविद्यालय र ती विश्वविद्यालयमा अध्यापन गराइने गुणस्तरीय शिक्षाका कारण प्रत्येक वर्ष नेपाली विद्यार्थीहरु क्यानडा जाने क्रम बढ्दो छ । विद्यार्थीहरुको यही चाहनालाई परामर्शमार्फत पूरा गर्नका लागि १३ वर्षदेखि निरन्तर विद्यार्थी लागी परेको छ म्यापल इन्टरनेशनल एजुकेशन । पुतलीसडकको पद्यमोदयमोडैबाट हजारौं विद्यार्थीलाई निरन्तर सेवा दिइरहेको म्यापलका प्रबन्ध निर्देशक ईश्वर ढकालसँग क्यानडाको शिक्षाबारे गरिएको कुराकानीको अंश ।

उच्च शिक्षाका लागि क्यानडा कस्तो देश हो ?
नेपाली विद्यार्थीका लागि क्यानडा अहिलको अवस्थामा शिक्षाका हिसाबले उत्कृष्ट र करिअरका दृष्टिले सुरक्षित गन्तव्य हो । प्रत्येक वर्ष उच्च शिक्षाका लागि क्यानडा जाने विद्यार्थीहरु बढीरहेका छन् । पहिलेको तुलनामा अहिले भिसा पनि बढी आइरहेको छ । नेपाली विद्यार्थीहरुको आकर्षण पनि अहिले बढीरहेको छ ।

क्यानडाको शिक्षा कस्तो छ ?
क्यानडामा निजीको तुलनामा पब्लिक विश्वविद्यालयहरु बढी छन् । क्यानडाका विश्वविद्यालयहरुले क्वालिटी विद्यार्थीहरु बढी खोज्छन् । एकेडेमिक र आईईएलटीएसमा पनि राम्रो चाहिन्छ । कलेज वा विश्वविद्यालयमा सिधै ४ वर्ष कोर्स अध्ययन गर्न पाइन्छ ।

क्यानडामा ९९ वटा विश्वविद्यालय छन् । जसमध्ये ८० वटा विश्वविद्यालय विश्वमै उच्च र्याङकिङमा आउँछन् । कमजोर विद्यार्थीहरुले भिसा पाउने सम्भावना निकै कम हुन्छ । राम्रा विद्यार्थीका लागि निकै सहज पनि छ ।
ब्याचलर र पोस्ट ग्रयाजुएट दुबैका लागि कम्तीमा विद्यार्थीले फस्ट डिभिजन ल्याउनैपर्छ । स्नातकोत्तरमा ७० प्रतिशत चाहिन्छ । आईईएलटीएसमा ओभर अल ६.५ चाहिन्छ ।

कस्ता कोर्सका लागि क्यानडा जान्छन ?
क्यानडामा खास गरी ब्याचलर र मास्टर्स दुबै तहका लागि जाने गरेका छन । खास गरी व्यवस्थापन, इन्जिनयरिङ, आईटी, नर्सिङलगायतका कोर्समै बढी विद्यार्थी जाने हो । पढाइ सकाएपछि ३ वर्ष काम गर्न पाउँछन् । १ वर्ष काम गरिसकेपछि पिआरका लागि अप्लाइ गर्न पाइन्छ । नर्सिङका लागि स्नातक गरेको छ भने आईईएलटीएसमा ६.५ आएको छ भने पोस्ट ग्रयाजुएटमा जान पाउँछन् ।

विद्यार्थीहरुले कस्ता काम पाउँछन् ?
विद्यार्थीले पार्ट टाइम काम पाउँछन् । समर र विदाको समयमा फूल टाइम काम गर्न पाउँछन् । पढ्ने विद्यार्थीहरुलाई नेपालमै छात्रवृत्ति पनि पाएका हुन्छन् । राम्रा विद्यार्थीहरुलाई क्यानडाले छात्रवृत्ति पनि पाएका हुन्छन् । उनीहरुले प्रति घण्टा न्यूनतम १४ डलर पाउँछन् ।

नेपाली विद्यार्थीका लागि बस्नका लागि कस्तो देश हो ?
मौसमका हिसाबले क्यानडा चिसो ठाउँ हो । ४ महिना हिउँ पर्छ । २ महिना चिसो हुन्छ । तर विद्यार्थीका रुपमा पार्ट टाइम काम गरेर पनि खान र बस्नका लागि भने पुर्याउँछन् । पढ्नका लागि भने घरबाटै पैसा पठाउनुपर्ने हुन्छ । क्यानडाका विश्वविद्यालयहरु विश्वस्तरमै अग्रस्थानमा आउँछन र त्यस्ता विश्वविद्यालयमा अध्ययन गर्दा पढाइमा फोकस हुनैपर्छ । रिसर्च विश्वविद्यालय भएकाले छात्रवृत्ति पाइन्छ । विद्यार्थीसँग एकेडेमिक योग्यता राम्रो छ भने छात्रवृत्ति पाइन्छ ।
नेपालबाट जाने विद्यार्थीहरु विश्वविद्यालयको होस्टेल मै पनि बस्न सक्छन् भने बाहिर बस्न पनि सक्छन् । सामान्यतयाः ६ सयदेखि ७ सय डलरसम्म भए उनीहरुलाई एक महिनामा खर्च पुग्छ ।

क्यानडाका जानका लागि आयस्रोत कति देखाउनुपर्छ ?
क्यानडाका जानका लागि आयस्रोत १८ देखि २० लाख रुपैयाँ चाहिन्छ । बैंक ब्यालेन्स पनि देखाउनुपर्छ । अहिले क्यानडा सरकारले नेपाली विद्यार्थीहरुलाई हेर्ने दृष्टिकोण निकै सकारात्मक छ ।

क्यानडा जानका लागि म्यापलमै किन आउने ?
म्यापल उच्च शिक्षाका लागि क्यानडा जाने विद्यार्थीहरुका लागि पायोनियर संस्था हो । सन् २००७ देखि हामीले निरन्तर क्यानडाका लागि काम गरिरहेका छौं । क्यानडाका विश्वस्तरीय विश्वविद्यालयको सहकार्यमा हामी काम गरिरहेका छौं । हामीकहाँ अंग्रेजी भाषा अध्ययनका लागि कक्षाहरु पनि सञ्चालनमा छन् ।


क्लिकमान्डु