एभरेष्ट बैंकको लगानीकर्ता पीएनबीलाई राहत,७ अर्ब फिर्ता दिन आदेश



मुम्बई । व्यवसायी निरव मोदीलाई दिएको ऋणले केही समय समस्यामा परेको पन्जाव नेशनल बैंक(पीएनबी)लाई राहत दिने फैसला ऋण असुलीको लागि खडा भएको अदालतले गरेको छ ।

ऋण असुली अधिकरण(डीआरटी)ले पीएनबीलाई राहत दिदै निरव मोदीबाट ७२ सय करोड भारु फिर्ता गर्न आदेश दिएको हो ।

पीएनबीले मोदीसँग ७ हजार करोड भारतीय रुपैयाँ असुली गर्नको लागि गतवर्षको जुलाईमा कोर्टमा मुद्दा दायर गरेको थियो । मोदी अहिले बैंकिङ कसुरको मुद्दा लागेपछि लण्डनमा छन् । उनलाई भारतमा ल्याउनको लागि मुद्दा चलिरहेको छ ।

डीआरटीको फैसलासँगै पीएनबीले आफ्नो पैसा उठाउनको लागि मोदीको सम्पत्ति जफथ गर्न सक्ने छन् । यद्यपी उनको अधिकाशं सम्पत्ति प्रवर्तन निर्देशानलय(इडी)ले जफथ गरिसकेको छ ।

पीएनबी भारतको दोस्रो ठूलो सरकारी बैंक हो । नेपालमा एभरेष्ट बैंकमा पीएनबीको २० प्रतिशत हिस्सा छ ।


क्लिकमान्डु