मर्जरमा जान एनसीसी बैंकले गर्यो उपसमिति गठन
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले मर्जरमा जानका लागि ४ जनाको अध्ययन उप–समिति गठन गरेको छ ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले माधव भट्टको संयोजकत्वमा ४ सदस्यीय उप–समिति गठन गरेको हो । बैंक स्रोतका अनुसार उप–समितिमा भट्टका साथै कृष्ण श्रेष्ठ, चन्द्र बास्तोला र इमानसिंह लामा छन् ।
उक्त उप–समितिले राष्ट्र बैंकको निर्देशनअनुसार मर्जरका लागि अन्य बैंकसँग अध्ययन गर्ने बताइएको छ । अध्ययनपछि तयार भएको रिपोर्ट बैंकको सञ्चालक समितिमा बुझाइने बताइएको छ । उक्त रिपोर्ट हेरेर बैंककले आवश्यक नीति अबलम्न गर्ने स्रोतको भनाइ छ ।
गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीति आउनु अगावै आफू कुन बैंकसँग मर्जरमा जाने भन्ने निर्णय गर्न निर्देशन दिएका छन् ।