बैंकको ऋण उठाउन बाउन्सर राख्न नपाइने



बैंक तथा वित्तीय संंस्थाले ऋण उठाउनको लागि बाउन्सर समेत राख्ने गरेको चर्चा बेला बेलामा चल्ने गरेको छ ।

नेपालको वित्तीय क्षेत्रमा समेत कहिले काही बैंकहरुले ऋण उठाउनको लागि यस्ता ऐजेन्ट प्रयोग गर्ने गरेको चर्चा चल्छ ।

भारतमा भने बैंक तथा वित्तीय संस्थाले ऋण उठाउनको लागि बाउन्सरलाई एजेन्टको रुपमा नियुक्ती दिने गरेका छन् ।

भारतको केन्द्र सरकारले बैंकले ऋण असुलीको लागि बाउन्सरको नियुक्तीको अधिकार नभएको जनाएको छ ।

भारतको केन्द्र सरकारका अर्थराज्यमन्त्री अनुराग सिंह ठाकुरले संसदको एउटा समितिमा बैंकले ऋण उठाउनको लागि ऋणीसँग दुव्र्यवहार गरेर बाउन्सर नियुक्ती गर्न नपाउने बताए ।

भारतको केन्द्रीय बैंक रिजर्ब बैंक अफ इन्डियाले यो विषयमा निर्देशिका जारी गरेको छ । जसमा रिकभरी एजेन्टले असभ्य व्यवहार तथा गैरकानूनी तरिका अवलम्बन गर्न पाउने छैनन् ।

यसरी एजेन्टले गैरकानूनी तरिकाले काम गरेको उजुरी ऋणीले दिनसक्ने व्यवस्था गरिएको छ । यसको लागि अम्बुसडम्यानको नियुक्ती गरिएको छ । जसमा २० लाख भारुसम्म जरिवाना तिराउन सकिन्छ ।

भारतमा गत वर्ष २५५ वटा यस्ता खाले उजुरी परेका थिए ।एजेन्सी


क्लिकमान्डु