जनता बैंकले खोल्यो एकैसाथ ६ वटा शाखा
काठमाडौं । जनता बैंकले एकै दिन देशका विभिन्न ठाँउमा ६ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ सहित ६ स्थानमा शाखा खोलेको बैंकले जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकाको काँडाघारी, बनस्थली र थानकोट शाखाबाट कारोवार सुभारम्भ गरेको बैंकले जनाएको छ । यस्तै उपत्यका बाहिरका बाग्लुङ बजार, कपिलबस्तुको तौलिहवा र धनगढीको सेतोपुलबाट नयाँ शाखा सञ्चालनमा ल्याइएको छ ।
तौलिहवा शाखाको उद्घाटन संघीय संसदका सांसद बृजेशकुमार गुप्ताले गरेका छन् काठमाडौं उपत्यकामा रहेका काँडाघारी वीरेन्द्रचोक शाखाको संचालक लङ्कबहादुर के.सी., बनस्थली खरिबोट शाखाको संचालक गौतमप्रसाद खनालले उद्घाटन गरेका छन् ।
यस्तै थानकोट शाखाको चन्द्रागरी नगरपालिकाका मेयर घनश्याम गिरी र बैंकका संचालक बिनितकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
साथै सेतोपुल धनगढी शाखाको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र बैकका चिफ बिजनेस अफिसर कल्याण पाँडेले संयुक्त रुपमा र बाग्लुङ शाखाको बाग्लुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज जङ्ग राजभण्डारीले उद्घाटन गरेका छन् ।
नयाँ खोलिएका शाखाहरुबाट ती क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीहरुलाई सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुबिधा लगायत सम्पूर्ण आधुनिक बैकिङ सेबा सहज र सरल रुपमा उपलब्ध गराइने छ ।
हालसम्म बैंकले १४१ स्थानमा शाखा सञ्चालमा ल्याएको छ । जसमा काठमाडांै उपत्यकामा मात्रै २३ शाखा रहेका छन् । यि शाखाहरु अतिरिक्त बैंकले ५० शाखा रहित बैंकिङ, १ सीमित बैंकिङ इकाइ, ३ एक्सटेन्सन काउन्टर तथा १०५ एटीएममार्फत उच्चस्तरीय बैंकिङ सेबा पुर्याउँदै आएको जारी विज्ञप्तिमा उल्लेख छ ।