नेपाल बैंगलादेश बैंकले काभ्रेमा लक्ष्मी पोखरी मन्दिर पुर्ननिर्माण गर्यो



काठमाडौं । नेपाल बंगलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलान्चोकमा ९ लाख ७२ हजार रुपैयाँ लागतमा ऐतिहासिक लक्ष्मी पोखरी पुर्ननिर्माण गरेको छ ।

बनेपा नगरपालिका वडा नं ४ उग्रचण्डी नाला इपाटोलस्थित मन्दिरको पुर्ननिर्माण भइ असार १४ गते उद्घाटन गरिएको छ ।

गत शनिबार प्रमुख अतिथि नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयूक्त रुपमा ऐतिहासिक लक्ष्मी पोखरीको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्ञानेन्द्रप्रसाद ढुंगानाले बेँकले सदैव आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरी मान्दै आएको र बैंक सधै सामाजिक विकासप्रति सचेत र सजग रहेको बताएका थिए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ ।

बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने हाम्रो लक्ष्य रहेको जनाएको छ ।


क्लिकमान्डु