सिभिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । सिभिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.६० प्रतिशत ब्याज रहेको छ । यस्तै बचत खातामा ६.५० प्रतिशत ब्याजदर रहेको छ । बैंकले १८ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।
चैत मसान्तमा बैंकको बेसरेट (आधार मूल्य) ११.२० प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा सबै भन्दा बढी १७.२० प्रतिशतसम्म रहेको छ ।

बैंकबाट अटो लोन लिँदा १७.२० प्रतिशतसम्म ब्याज लाग्ने छ । यस्तै सेयर धितो राखेर कर्जा लिनु परेको खण्डमा १६.२० प्रतिशत ब्याज लाग्ने छ । सिभिल बैंकबाट होम लोन लिने हो भने १६.२० प्रतिशत ब्याज लाग्ने छ ।


क्लिकमान्डु