जनरल इन्स्योरेन्स कम्पनी नेपालको ४० औं शाखा कालिमाटीमा



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा सक्रिय रहँदै आएको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कालिमाटीमा आप्mनो शाखा विस्तार गरेको छ ।

नेपाल कम्युनिष्ट पाटी (नेकपा) का पोलिटव्यूरो सदस्य एंव सघीय संसदका सांसद तथा पूर्व स्थानीय विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गर्नेभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकार आर्थिक समृद्धी र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बीमा व्यवसायको भूमिका पनि समृद्धीसगै जोडिनुपर्ने वताए ।

श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भइपरी आउनसक्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने वताए । कार्यक्रममा कम्पनीका अध्यक्ष कुनल क्यालले छोटो समयमा कम्पनीले आफनो नेटवर्कलाई देशभर पुर्याउन सफल भएको वताए ।

उनले उपत्यकाको ११औ शाखाको रुपमा कालिमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा संचालन भएको बताए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एस.के.तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा सञ्जाल सख्या ६० पुर्याउने र अधिकृत पूँजी, १ अर्व पुर्याउने बताए ।

हाल कम्पनीले ट्राभल, मेडिकल इन्स्योरेन्स, मोटर बीमा, स्वास्थ्य बीमा, पैसाको बीमा, माइक्रो, क्याटल, अन्नबालिको बीमा घर तथा अर्पाटमेन्टको बीमा गर्दै आएको छ ।

सो कार्यक्रममा प्रदेश सभाका सांसद राजेश शाक्य वडा न १३ का अध्यक्ष धु्रवनारायण मानन्धर वडा सदस्यहरु रामबाबु कोइरालाको सहभागिता थियो । भने सो कार्यक्रमको संयोजन रामप्रसाद पौडेलले गर्नुभएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु