धादिङको आरुघाटमा खुल्यो प्रभु बैंकको शाखा



काठमाडौं । प्रभु बैंकले धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, विशालनगरमा आजदेखि बैंकको आरुघाट शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष श्री शम्भुकुमार थापले शाखाको समुद्घाटन गरे ।

शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथी त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष श्री शम्भुकुमार थापाले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको आरुघाट शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताए ।

उनले बैंकिङ पहुँचभन्दा बाहिर रहेका सम्पूर्ण नागरिकलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

आरुघाट शाखा कार्यालय समुदघाटन कार्यक्रममा धादिङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ धादिङका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आरुघाट शाखा समेत गरी बंैकले हालसम्म १८६ वटा शाखा, १४६ वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दैै आएको छ ।

आजदेखि सञ्चालनमा आएको बैंकको आरुघाट शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।


क्लिकमान्डु