स्वायत्त केन्द्रीय बैंक पक्षधर आचार्यले आरबिआईको डेपुटी गभर्नरबाट राजिनामा दिए



नयाँ दिल्ली । भारतले सुरु गरेको उदारिकरणपछि केन्द्रीय बैंकमा सबैभन्दा कम उमेरमा डेपुटी गभर्नर बनेका बिरल आचार्यले कार्यकाल बाँकी रहदै राजिनामा दिएका थिए ।

४२ वर्षको उमेरमा आचार्य २०१७ जनवरी २३ मा आरबिआई प्रवेश गरेका थिए । गतवर्ष अक्टुबरमा आरबिआईको स्वायत्तताको पक्षमा खुलेर अभिव्यक्ति दिएका थिए ।

आचार्य न्यूयोर्क विश्वविद्यालयमा पढाउन जाने बताइएको छ ।

आरबिआईका पूर्व गभर्नर उर्जित पटेलले कार्यकाल बाँकी छदै राजिनामा दिएका थिए । पटेलले राजिनामा दिएपछि आचार्यले आरबिआईमा असहज महशुस गरेका थिए । उनको कार्यकाल ६ महिना बाँकी थियो । आरबिआईमा ४ वटा डेपुटी गभर्नर हुने व्यवस्था छ ।

आचार्यले पछिल्लो दुईवटा मौद्रिक नीतिको समीक्षामा अलग सुझाव दिएका थिए । आरबिआईका गभर्नर शशिकान्त दाससँग उनको विचार फरक थियो । आचार्य केन्द्रीय बैंक स्वायत्तताको पक्षधर थिए ।

उनले गतवर्ष अक्टुबर २६ मा दिएको सार्वजनिक अभिव्यक्ति निकै नै चर्चित बनेको थियो । उनले जुन सरकारले केन्द्रीय बैंकको स्वायत्तताको पक्षमा उभिने निर्णय गर्दैन त्यसले आर्थिक संकटको समेत सामाना गर्नुपर्ने चेतावनी दिएका थिए ।

नरेन्द्र मोदीको पहिलो कार्यकालमा केन्द्र सरकार आरबिआईबीचको विवाद बाहिर आएको थियो । केन्द्र सरकारले आरबिआईलाई सेक्सन ७ लागु गरेर नियन्त्रण लिन सक्ने धम्की दिएको थियो ।

आचार्य नीति निर्मातामा महंगीमा कडा नीति लिनेमा चिनिन्छन् । उनले भनेका थिए,‘गरीबका लागि रघुराम राजन हु।’ महंगीको विषयमा नरम नीति आरबिआईले लिदा उनले असहमति व्यक्त गर्ने गरेका थिए । ऐजेन्सी


क्लिकमान्डु