सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफर बीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि का प्रबन्ध निर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरेका छन् ।

बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा अब बैंकका ग्राहकहरुले स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फत पठाएको पैसा बैंकको देशैभरीका शाखाबाट पाउने छन् ।

बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो सुविधाको थालनी गरेको बैंकेले जनाएको छ ।


क्लिकमान्डु