बृहत इक्यान मेला असार २६ गतेदेखि, उच्च शिक्षाबारे सबै जानकारी पाइने



काठमाडौं । उच्च शिक्षाका लागि विदेशी भूमि जान चाहने विद्यार्थीलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बृहत शैक्षिक मेला आयोजना गर्ने भएको छ । आगामी असार २६ गतेदेखि २९ गतेसम्म चल्ने मेलामा विभिन्न देशका शैक्षिक संस्था तथा ती संस्थाका प्रतिनिधी सहभागी हुनेछन् ।

‘मेलामा विद्यार्थीहरुले विभिन्न देशका शैक्षिक संस्था तथा नीतिबारे जानकारी लिनुका साथै एकै थलोमा धेरैभन्दा धेरै प्रतिनिधीहरुसँग साक्षात्कार गर्न पाउनेछन’ इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले जानकारी दिए ।

राजधानीको भृकुटिमण्डपमा आयोजना हुने मेलामा १ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अपेक्षा राखिएको छ । मेलामा अष्ट्रेलिया, युके भारत, जापान, जर्मनी, चीन, युरोप, अमेरिकालगायतका देशका प्रतिनिधी सहभागी हुनेछन् ।


क्लिकमान्डु