१९औं वार्षिकोत्सवको अवसरमा आइएमईले गर्यो रक्तदान कार्यक्रम




काठमाडौं । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमई १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।  १९ औं वषएमा प्रबेश गरेको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

रोजगारीका लागि विदेशमा जाने नेपालीहरूले कमाएको पैसा नेपाल पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस गरी सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।

वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित कूल ७० जना कर्मचारीहरूले रक्तदान गरेका छन ।

१९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई सधन्यवादसहित हार्दिक आभार प्रकट गरेका छन ।


क्लिकमान्डु