भारतीय प्रधानमन्त्री मोदीको लक्ष्यः ५ वर्षमा ५ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र बनाउने



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्च पदस्थ अधिकारीहरुसँग छलफल गरेका छन ।

विभिन्न मन्त्रालयका सचिब र अन्य उच्च पदस्थ कर्मकारी सम्मिलित बैठकमा उनले सबैलाई प्रभाकारी निर्णयसहित सबै मन्त्रालयलाई पाँच वर्षे योजना तयार गर्न निर्देशन दिएको भारतीय सञ्चारमाध्यमले बताएका छन ।

प्रधानमन्त्री मोदीले सबै कर्मचारीहरुलाई चुनाबका बेला जनताले दिएको म्यान्डेटलाई सम्बोधन गरी यथास्थितिबादलाई परिवर्तन गरि उल्लेखनिय सुधार हुनेगरी पाँच वर्षे योजना बनाउन भनेका छन । सबै मन्त्रालयले योजना बनाउँदा लक्ष्य हासिल हुने र जनताले अनुभुत गर्ने योजना समेटन समेत उनले निर्देशन दिएका हुन ।

जनता थप सहज जिबनशैलीको खोजीमा छन,सरकार यसैमा केन्द्रित हुनु अत्यन्तै जरुरी छ जसका लागि अवको पाँच वर्षमा भारतको अर्थतन्त्त पाँच ट्रिलियन अमेरिकी डलर पुर्याउने गरी काम गर्नुपर्नेछ– मोदीले भनेका छन । अहिले भारतको अर्थतन्त्रको आकार २.९ ट्रिलियन अमेरिकी डलरको छ ।

उनले थप प्रष्ट पार्दै भनेका छन– जनताको ठुलो अपेक्षालाई चुनौतीका रुपमा नभई अवसरको रुपमा लिनुपर्छ ।

भारतमा भएको डुइङ विजेशले साना व्यवसाय र उद्यमलाई विशेष ध्यान दिनु जरुरी छ जसका लागि प्रत्येक मन्त्रालयले यसलाई विशेष ध्यान दिनुपर्नेछ । जल, माछा, पशुपालन पनि भारतको अर्थतन्त्रका लागि महत्वपुर्ण क्षेत्र हुन–विज्ञप्तिमा उल्लेख छ । ऐजेन्सी


क्लिकमान्डु