प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चुनिए



काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चुनिएका छन् ।

बैंकको साधारणसभाले सस्थापक समुह बाट श्री राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ तथा सर्वसाधारण शेयर धनीकोका तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित भएका थिए ।

बैंकको संचालक समितिको बैठकले राजेन्द्रदास श्रेष्ठलाई अध्यक्षमा चुनेको हो ।


क्लिकमान्डु