राजधानीमा खुल्यो स्तरीय ब्याङक्वेट, यस्ता छन सुविधा



काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । जसमा २० लाख विदेशी पर्यटन नेपाल ल्याउने महत्वकांक्षी योजना समेत अगाडि सारेको छ ।

पर्यटनको अथाह सम्भावना भएको हाम्रो जस्तो मुलुकमा यही सम्भावनालाई अवसरका रुपमा बदल्नका लागि स्वदेशी तथा विदेशी चेनमा होटलहरु खुल्ने क्रम जारी छ । केही समय अगाडि राजधानीमा विश्वस्तरीय मेरियट होटल सुरु भएको थियो भने थप आधा दर्जन तारे होटलहरु खुल्ने क्रम जारी छ ।

यसैबीच पर्यटनको यही सम्भावनलाई अवसरका रुपमा लिँदै चावहिलस्थित केएल टावरमा इम्पेरियल ब्याङक्वेट सञ्चालनमा आएको छ । तारे होटलको जस्तै सेवा दिने उद्देश्यले सुरु भएको यो ब्याङक्वेट केएल टावरको माथिल्लो तलामा सुरु भएको छ ।

विभिन्न कार्यक्रम तथा पार्टी गर्न मिल्ने, ठूलो स्पेस सहितको ब्याङक्वेटमा आकर्षण ढंगले डिजाइन गरिएको छ । भवनको नवौं तलाबाट राजधानीको दृश्य अवलोकन गर्न चाहनेका लागि ३६० डिग्रीको भ्यू अत्यन्तै मनमोहक लाग्ने ब्याङक्वेटका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनुप शर्माले जानकारी दिए ।

उनका अनुसार यो राजधानीकै उत्कृष्ट ब्याङक्वेट हो ।

हिन्दु धर्मालिम्बीहरुको आस्थाको केन्द्र पशुपति नाथ मन्दिर र बौद्य धर्मालम्बिी तथा सम्पूर्ण नेपालीको आस्थाको केन्द्र बौद्य स्तुपाको बीचमा पर्ने यो ब्याङक्वेट लोकेसनका हिसाबले जति उत्कृष्ट छ उति नै यसले प्रदान गर्ने सेवामा पनि छ ।

ब्याङक्वेटमा दोर्जे शेर्पा र बोधकृष्ण सुवेदी सञ्चालक छन् ।

ब्याङक्वेटमा ५० जनाले एकसाथ पार्टी गर्न सक्ने सानो हल छ । साथै ५० जनादेखि २००० जनासम्मले पार्टी गर्न सकिने हल उपलब्ध छ । त्यस्तै, खानाको गुणस्तरीयतासँगै विविधता ब्याङक्वेटका विशेषता भएको शर्माको दाबी छ ।

ब्याङक्वेटलाई नयाँ ढंले सजाउने क्रममा सजावटका सामानहरु थाइल्यान्डबाट मगाइउको हो । पर्याप्त पार्किङ सुविधा भएको ब्यांक्वेटसम्म जानका लागि केएल टावरमा छुट्टै दुई वटा लिफ्टको व्यवस्था गरिएको छ ।


क्लिकमान्डु