बाबुछोराले तिरेनन् बैंकको ५० अर्ब ऋण, बैंकले घोषणा गर्यो डिफल्टर



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा नियतबस बैंकको ऋण नतिर्ने व्यवसायीको संख्या अत्याधिक बढी भयो । केही ठूला व्यवसायीहरु बैंकबाट लिएको ऋण चुक्ता नगरेर भारत छाडेर पलायन समेत भएन ।
मोदी प्रचण्ड बहुमत सहित पुनः सरकारको आएको दुई सातामै भारतमा अर्का ठूला व्यवसायी बैंकको ऋण नतिर्ने सूचिमा परेका छन् ।

मुम्बईका चर्चित व्यवसायी विजय कालात्री र विशाल कालात्री नियतबस बैंकको ऋण नतिर्ने डिफल्टरको सूचिमा परेका छन् ।

बैंक अफ बडौदाले नियतबस ऋण नतिर्नेको सूचीमा कालात्रीका बाबुछोरालाई राखेको छ । विजय दिघी पोर्टका अध्यक्ष तथा प्रवन्ध निर्देशक र उनका छोरा विशाल कम्पनीको निर्देशक छन् । बाबुछोराले १६ बैंकको ३३ अर्ब ३४ करोड भारतीय रुपैयाँ तिर्न बाँकी रहेको छ । यो नेपाली रुपैयाँमा रुपान्तरण गर्दा५३ अर्ब ३४ करोड हुन्छ ।

बैंक अफ बडौदाले पत्रिकामा सूचना जारी गरेर नियतबस ऋण नतिर्ने सूचिमा कालात्रीका बाबुछोरालाई राखेको हो । आरबिआईको नियम अनुसार नियतबस ऋण नतिर्नेको सार्वजनिक रुपमा बैंकले जानकारी दिनुपर्ने हुन्छ ।

उनको कम्पनी मुम्बईको सबैभन्दा ठूला निजी बन्दरगाह संचालन गर्छ । मोदी सरकारको पहिलो कार्यकालमा सबैभन्दा ठूलो समस्या बैंक डिफल्टरको रहेको छ । जसले गर्दा एनपिए अत्याधिक बढेको छ ।

भारतीय संचारमाध्यमका अनुसार आरटिआईबाट आएको जानकारी अनुसार गत वर्ष ६८ सय वटा बैंकबाट लिएको ऋण नियतबस नतिरेको रिपोर्ट सार्वजनिक भएको थियो । जसबाट भारतीय बैंकहरुले ७ खर्ब १५ अर्ब भारतीय रुपैयाँ असुल गर्नुपर्ने छ ।


क्लिकमान्डु