कोका–कोलाको अग्रसरतामा सगरमाथा सरसफाइ अभियान सुरु
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा कोका–कोलाले सगरमाथा सरसफाइ अभियान सुरु गरेको छ । नेपाली सेना, केन्द्रीय प्रादेशिक र स्थानीय सरकार तथा नेपाल पर्वतारोहण संघ र एपपिसिसीसँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका अभियान सुरु गरिसकेको छ ।
‘क्लिन आवर प्राइड’ नाराका साथ सुरु गरेको अभियानले सगरमाथामा भएको फोहोर सफा गर्नेछ ।
कोका–कोला नेपालले ‘फोहोर बिनाको विश्व’ अभियान अन्तर्गत उक्त अभियान सुरु गरेको हो । कोका–कोलाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै सन् २०३० सम्मको बिक्री गरिएको प्याकेजिङ गरिएको प्याकेजिङ शतप्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता जनाएको छ ।
यसलाई हासिल गर्न कम्पनीले पोर्टपोलियो विस्तार गर्दै प्याकेजिङको शतप्रतिशत रिसाइकल गर्ने यसको डिजाइन केन्द्रित गरेको जानकारी दिएको छ । साथै स्थानीय समूदायिक, गैर सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहरुको साझेदारी रिसाइकल प्याकेजिङ संकलन गर्ने र त्यसलाई सम्बन्धित ठाउँमा पुर्याउन लागि काम गरिरहेको बताएको छ ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै कोक नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्थाहरु संयुक्तरुपमा रिसाइकिलिङ लक्ष्य हासिल गर्न प्रत्यन्त गरिरहेको कुरामा जोड दिएको जानकारी दिएको छ ।
कोका–कोलाका साउथ वेस्ट एसियाका अपरेशन भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, ‘कोका–कोलाले फोहोर व्यवस्थापनका लागि काम गरिरहेको, त्यसका लागि पूर्वाधार निर्माण तथा सहकार्य गरिरहेका छौं ।’