हिमालयन हाइड्रोको आइपिओ निष्काशनको बिक्री प्रबन्धकमा जनता क्यापिटल नियुक्त



काठमाडौं । हिमालयन हाइड्रो पावर लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशन गर्न जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । मंगलबार आइपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच सम्झौता भएको छ ।

हिमालयन हाइड्रो पावरका तर्फबाट सञ्चालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् ।

हिमालयन हाइड्रोले रु. १०० अंकित दरको २२ लाख ५० हजार कित्ताको २२ करोड पचास लाख रुपैंया बराबरको आइपिओ निष्काशन गर्न लागेको छ । जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ ।

जनता बैंक नेपाल लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित जनता क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट कारोवार अनुमति पाएसँगै जनता बैक नेपाल लिमिटेड र स्पर्श माइक्रोफाइनान्स लिमिटेडको शेयर रजिष्ट्रेशन सम्बन्धी कारोवार शुरु गरिसकेको छ ।

जनता क्यापिटल लिमिटेडले छिट्टै नै लगानी ब्यवस्थापन सेवा पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले आउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ ।


क्लिकमान्डु