तेस्रो इक्यान कर्पोरेट फूटसल प्रतियोगिता जेठ २५ गते हुँदै

728
Shares


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले तेस्रो कर्पोरेट फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी शनिबार जेठ २५ गते कुमारी फुटसल ग्राउण्ड पकनाजोलमा हुने प्रतियोगितामा १२ वटा टिम सहभागी हुनेछन् ।

इक्यानका अतिरिक्त क्रियाकलाप विभागका संयोजक बासुदेव दाहालका अनुसार प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले गर्नेछन् ।

व्यस्त सहरिया दैनिकीबाट एकैछिन टाढिएर शारीरिक तन्दुरुस्ती तथा खेलकुदको विकासमा टेवा पुर्याउने उद्देश्यले इक्यानले प्रत्येक वर्ष फूटसल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा अष्ट्रेलियास्थित मिन्ट इन्टरनेसनल कलेजले मुख्य प्रायोजन गरेको छ भने इन एसोसिएसन विथमा राइटपाथ करिअर काउन्सिलिङले प्रायोजना गरेको छ ।

इक्यान कास्की, इक्यान चितवन, इक्यान ललितपुर, इक्यान पूर्वाञ्चल शाखा तथा इक्यान रुपन्देही अन्तर्गत रहेका व्यवसायीहरु प्रतियोगितामा सहभागी हुनेछन् ।

अन्य प्रायोजकहरुमा एआइपी एजुकेसन, अष्ट्रेलिया एजुकेसन कन्सल्टिङ, क्यानोन इन्टरनेसनल एजुकेसन, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ, ड्रिम डेस्टनी एजुकेसन फाउण्डेसन, ड्रिम अन एजुकेसनल कन्सल्टेन्सी, स्टडी वल्र्ड एजुकेसन कन्सल्टेन्सी एण्ड रिसर्च सेन्टर छन् ।

त्यस्तै, इन्लाटेन इन्टरनेसनल एजुकेसन, एक्सेल एजुकेसन, काठमाण्डौ इन्फोसिस एजुकेसनल कन्सल्टेन्सी, मेटस एजुकेसन, निरभाना काउन्सिलिङ सेन्टर, पाथफाइन्डर इन्टरनेसनल एजुकेसन, मेघा एजुकेसनल कन्सल्टेन्सी, सेभिल्ला एजुकेसन कन्सल्टेन्सी, प्रसन्ना इन्टरनेसनल एजुकेसन, रोयल एजुकेसनल फाउण्डेसन, सिलिकन एजुकेसन नेटवर्क, सक्सेस एब्रोड स्टडी, वेव इन्टरनेसनल एजुकेसन, प्राञ्जल एजुकेसन कन्सल्टेन्सी र रिभोलुसन एजुकेसन एकेडमीले पनि प्रायोजन गरेका छन् ।

Skip This