वारेन वफेटसँग लञ्च गर्न ५१ करोडको बोली लाग्यो, च्याटिरीमा जानेछ पैसा

क्लिकमान्डु २०७६ जेठ २० गते ९:२० मा प्रकाशित

यदि तपाई सेयर बजारमा अलिकति पनि रुचि राख्नुहुन्छ भने तपाईका लागि वारेन बफेट परिचित नाम हुन सक्छ । शेयर बजारका बादशाहका वफेटबारे पुस्तकहरु पढ्नु भएकै होला । इन्टरनेटमा उनका टिप्सहरु पनि पढ्नु भएकै होला ।

शेयर बजारमा खेल्न मन पराउनेका लागि उनी रोलमोडल जस्तै हुन । यदि उनै रोलमोडल व्यक्तिसँग एक दिन लञ्च गर्ने अवसर पाउनु भयो भने कतिसम्म खर्च गर्न सक्नुहुन्छ ? एक पटक सोच्नुहोस त ।

विश्वमा उनीसँग लञ्च गर्नका लागि वर्षेनी महंगो बोली लाग्छ ।

२० वर्षयता निरन्तर उनीसँग लञ्च गर्नका लागि विश्वभरबाट करोडौं मानिसले बोली लगाउँछन् । यस वर्ष उनीसँग लञ्च गर्नका लागि ५१ करोड रुपैयाँको बोली लागेको छ । यसभन्दा पहिले सबैभन्दा बढी सन् २०१२ मा साढे ३८ करोड रुपैयाँको बोली लागेको थियो ।

ब्रकसायर हथावेका सीईओ तथा विश्वका चौथो धनी बफेटसँग लञ्च गर्नका लागि शुक्रबार अन्तिम दिन थियो । सुरुको दिन आइतबार २८ लाख रुपैयाँको बोलीबाट सुरु भएको थियो ।

यसबाट भएको आम्दानी उनले सन फ्रान्सिस्कोस्थित एउटा च्यारिटी संस्था ग्लाइडलाई प्रदान गरिन्छ । वफेटले उक्त संस्थालाई हालसम्म ३५० करोड रुपैयाँ दान गरिसकेका छन् ।

ब्लूमवर्गका अनुसार बारेन बफेटको कुल सम्पत्ति ९.७२ लाख करोड रुपैयाँ छ । उनको एक दिनको औसत कमाइ ४५० करोड रुपैयाँ छ । उनले गत वर्ष पाँच सामाजिक संस्थालाई ३७००० करोड रुपैयाँ दान गरिसकेका छन् । अहिलेसम्म उनले ३५० लाख करोड रुपैयाँ दान गरिसकेका छन् ।

जंगफूड खान मनपराउँछन्

उमेरले शतकको नजि रहेका उनी जंक फूड खान मन पराउँछन् । ८६ वर्षको उमेरमा उनले दैनिक २५०० क्यालेरी भएको खाना खान्छन् ।

कोकसँग चिजबर्गर उनलाई मनपर्ने खाना हो । आइसक्रिम पनि निकै मनपराउँछन् । निकै धेरै कोक खाने उनले एक अन्तरवार्तामा उनले आफ्नो शरीरमा कोकको मात्रा २५ प्रतिशत भएको बताएका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स