संसारकै महंगो यो रिसोर्ट, जहाँ १ रात विताउन १ करोड लाग्छ ! यस्ता छन् सुविधा र विशेषता



डेभिड कपरफिल्डले सुरु गरेको बहामासको मुसा केइ रिसार्टमा एक सात बिताउने हो भने ४२ हजार अमेरिकी डलर खर्च हुन्छ । त्यस्तै, ब्रिटिस भर्जिन आइसल्याण्डमा रहेको रिचर्ड ब्रान्सनले सञ्चालन गरेको प्राइभेट नेकर आइसल्याण्ड एक साता बिताउनु हुन्छ भने तपाईले ७७ हजार ७०० अमेरिकी डलर बुझाउनुपर्ने हुन्छ ।

तर यी रिसोर्टभन्दा पनि महंगो फिलिपिन्सको बनवा प्राइभेट आइसल्याण्डमा रहेको नयाँ रिसोर्टमा एक रात बिताउनका लागि मात्रै तपाईले १ लाख अमेरिकी डलर खर्चनुपर्छ । यो विश्वको सबैभन्दा महंगो रिसोर्ट बनेको छ ।

एक रातका लागि ६ अंकको ठूलो धनराशी खर्च गर्दैगर्दा के पाउनुहुन्छ त तपाईले सुविधामा ?

१५ रोपनी क्षेत्रफलमा फैलिएको यो आइसल्याण्ड रिसोर्ट पलवानको आर्केपेल्गो अवस्थित छ । जहाँ पुग्नका लागि राजधानी मनिलाबाट हेलिकप्ट वा सि-प्लेनबाट २ घण्टाको यात्रा गर्नपर्छ ।

एक साथ ४८ जना बस्न मिल्ने रिसोर्टमा ६ वटा रुम सामून्द्रतर्फ फर्किका छन् । जहाँबाट तपाईले समून्द्रको अनुपम सुन्दरता आनन्दमय ढंगले उठाउन सक्नुहुन्छ । रिसोटृमा ण्निजी स्वीमिङ पुल र जाकुजी समेतको सुविधा छ । १२ वटा गार्डेन रुप र टप लेभलमा रेसिडेन्सियल स्वीट रुम छ ।

खानाका पारखी हुनुहुन्छ भने तपाईका लागि रिसोर्टभित्रै उत्पादन गरिएको अग्र्यानिक तरकारीका परिकार, सुलु समुन्द्रले घेरिएको आइसल्याण्डमा सोही समून्द्रकै ताजा माछा मात्रै होइन, तपाईले रिसोर्टभित्रै उत्पादन भएको मह पनि पाउन सक्नुहुन्छ । एक बोतल वाइन चाख्ने हो भने ३६ हजार अमेरिकी डलर पर्छ भने प्रिमियम गुणस्तरको वाइन रिसोर्टको मेनूमा उल्लेख गरिएको छैन् ।

पाहुनाहरुले रिसोर्टमा असीमित स्पाको सुविधा लिन सक्नेछन् ।

बनवामा स्नोर्कलिङ, कायाकिङ, जेट स्काइङ, स्कुवा डाइभिङ, सेइलिङ, योगा र टेनिसको सुविधा पनि लिन सक्नुहुन्छ । मरिन स्पेसलिस्टहरुसँग वाइल्डलाइफबारे जानकारी लिन र अनुभव गर्न सक्नुहुन्छ । विशेष गरी ह्वक्सविल समून्द्री कछुवा र टबोन चरा पनि देख्न सक्नुहुनेछ ।

मनिलाबाट आइसल्याण्ड जानका लागि उक्त रकममा समावेश छैन् । प्याकेजमा एकैसाथ ९ जना मनिलाबाट आइसल्याण्ड जाने हो भने प्रतिव्यक्ति ९९० अमेरिकी डलरका हिसाबले ११,५८० अमेरिकी डलर खर्च हुन्छ । रिसोर्टमा तीन दिनदेखि पाँच रातसम्म बिताउने गरी प्याकेज बनाइएको छ ।

के तपाई पनि जाने हो त एकपटक यति महंगो रिसोर्टमा सुविधा लिन ?


क्लिकमान्डु