प्रदेश १ को नीति तथा कार्यक्रम जेठ २२ गते आउने



विराटनगर । प्रदेश नम्बर १ को सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम जेठ २२ गते ल्याउने भएको छ । बिहीबार सा“झ बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ २२ गते अपरान्ह ३ बजे पेश गर्ने गरी प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भने प्रदेशको प्रथम आवधिक योजना २०७६/२०८१ को अवधारणापत्रका आधारमा तयार पारिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

अवधारण पत्रका आधारमा नीति तथा कार्यक्रम, बजेट र आगामी पा“च वर्षको योजना तयार गरिने उनले बताए । त्यस्तै प्रदेश सरकारले प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने सम्बन्धमा बनेको विधेयक निर्माण आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ ।

उक्त विधेयक बनेपछि विभिन्न स्वायत्त संस्था र निकायहरु गठन गर्ने बाटो खुल्ने मन्त्री कार्कीले बताए । सरकारले प्रदेशका मन्त्रालय अन्तर्गत आवश्यक पर्ने स्वायत्त निकाय गठन गर्न छाता ऐन ल्याउने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश १ मा ‘स्वायत्त संस्था तथा निकाय गठन गर्ने सम्बन्धमा बनेको विधेयक’ निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्दान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
कार्कीले विधेयक निर्माणका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुमति दिने निर्णय भएको बताए । उक्त विधेयक प्रदेशसभाबाट पारित भएर ऐन बने प्रदेश सरकारलाई आमसञ्चार प्रतिष्ठान, पर्यटन प्रतिष्ठान जस्ता विभिन्न स्वायत्त निकायहरू गठन गर्न सहज हुनेछ ।

अलग अलग ऐन बनाएर जा“दा कुन ऐन पहिले बनाउने वा नबनाउने भन्ने हुने भएकोले छाता ऐन निर्माणको तयारी गरिएको बताए । त्यसैगरी सामाजिक विकास मन्त्रालयले तयार पारेको प्रदेशको विद्यालय शिक्षालाई सुधार गर्न विद्यालय शिक्षा र शैक्षिक गुणस्तर निर्देशिका २०७६ लाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जनाइएको छ ।


क्लिकमान्डु