सामाजिक सुरक्षा कोषले माग्यो एकै पटक ६६ कर्मचारी
काठमाडौं । समाजिक सुरक्षा कोषले एकै पटक ६६ कर्मचारीको माग गरेको छ । कोषले उपकार्यकारी निर्देशकदेखि सहायक तहका ६६ कर्मचारी माग गरेको हो ।
कोषले लोकसेवा आयोगको सहमतिमा खुला प्रतियोगिताबाट ती कर्मचारी भर्ना गर्न लागेको हो ।शुक्रबार प्रकाशित सूचना अनुसार ११ औं तहको उपकार्यकारी निर्देशकका लागि स्नातकोत्तर गरी सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा कम्तिमा ७ वर्षको कार्यानुभव भएको व्यक्ति हुनुपर्ने उल्लेख गरेको छ ।
कोषले ७ तहदेखि ११ तहसम्मको लागि स्नातकोत्तर गरि सरकार वा संगठित संस्थाको अधिकृत स्तरको पदमा काम गरेको अनुभव हुनु पर्ने व्यवस्था गरेको छ । योग्य आवेदकले अनलाइनबाट पनि आवदेन दिन सक्ने छन् । आगामी असार ५ गतेसम्ममा आवदेन दिन पाउने व्यवस्था गरिएको छ ।