अब काठमाडौं छिर्नु अघि सवारी साधन धुनुपर्ने



काठमाडौं । सरकारले आगामी वर्षसम्ममा काठमाडौंका सडकका किनारालाई माटोमुक्त बनाउने भएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । यसका लागि काठमाडौं प्रवेश गर्ने नाकामा स्वचालित प्रविधिबाट साधन सफा गरी काठमाडौं उपत्यकाका सडकलाई धुलोमुक्त बनाइनेछ ।

सार्वजनिक यातायातलाई प्रतिष्पर्धी र व्यवस्थित गरिनेछ । यातायात क्षेत्रमा रहेको सिन्डिकेटको पछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गरिनेछ । यात्रुहरुले सार्वजनिक यातायातमा भाडा तिर्न विद्युतीय कार्डको व्यवस्था गरिनेछ । तोकिएको समयमा यात्रा सुरु गरी तोकिएको समयमा गन्तव्यमा पुग्ने सुनिश्चित गरिनेछ ।

जीपीएसको प्रयोग गरिनेछ । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिनेछ । यसका लागि विद्युत प्राधिकरणसँग सहकार्य गरी चार्जिङ स्टेशन निर्माण गरिने उल्लेख गरिएको छ ।


क्लिकमान्डु