कपडा उद्योगलाई बम्पर प्याकेज, विजुली महशुल ५० % छुट, ५ % ब्याजदरमा ऋण पाउने
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले स्वदेशी कपडा उद्योगमा बम्पर प्याकेज दिएका छन् ।
अर्थमन्त्री खतिवडाले कपडा उद्योगमा उठ्ने विजुली महशुलमा ५० प्रतिशत छुट दिएका छन् । ५ प्रतिशत ब्याजदरमा ऋण पाउने व्यवस्था उल्लेख गरिएको छ ।
स्वदेशी कपडा प्रयोगमा प्रोत्साहन गर्ने बजेटमा उल्लेख छ । आगामी आवमा दुई दर्जन बस्तु्मा आत्मनिर्भर हुने भएको छ । स्वदेश वस्तुको उपयोगलाई अभियानको रुपमा अघि बढाउने भनिएको छ ।
निर्माण सामग्रीको प्रयोग सिमेन्ट रडको उत्पादनमा आन्तरिक उत्पादनमा जोड दिने भनिएको छ ।
औद्योगीक विकासको लागि २ अर्ब ८७ करोड बजेट विनियोजन रहेको छ ।
उद्योग वाणिज्य क्षेत्रको लागि ११ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।