मोदी सरकारमा अरुण जेट्ली अर्थमन्त्री नबन्ने, मन्त्री नबनाउन भन्दै मोदीलाई चिठी लेखे



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकाल सुरुवात गर्दैछन् ।

लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतका साथ सरकारमा पुनः आएका मोदीका विश्वासिला भारतीय वित्त मन्त्री अरुण जेट्लीले आफुलाई मन्त्री नबनाउन भन्दै पत्र लेखेका छन् ।

उनले मोदी एक्लैले बिजेपीलाई बहुमत दिलाएको र गठबन्धन झण्डै दुई तिहाई जितेको भन्दै उनलाई बधाई दिदै मन्त्री पदमा सहभागी नगराउन भनेका हुन् ।
मोदीको पहिलो कार्यकालमा जेट्ली लोकसभा निर्वाचन हारेपनि वित्तमन्त्री भएका थिए । भारतमा वित्तमन्त्री भनेको अर्थमन्त्री हो ।

मोदी सरकारका तेस्रो बरियताक्रममा जेट्ली थिए । खराब स्वास्थ्यको कारण जेट्ली मन्त्री नबन्ने भएका हुन् । यस्तै अहिले मोदी सरकारमा विदेशमन्त्री रहेकी शुष्मा स्वराज समेत मन्त्री नबन्ने पक्का छ ।

भारतीय संचारमाध्यमले वित्तमन्त्रीमा विभिन्न नामलाई लिएर चर्चा गरेका छन् । जसमा कोइलामन्त्री पियुष गोयल अगाडि छन् । जेट्ली भएर अन्तरिम बजेट पेश नहुँदा गोयलले बजेट सार्वजनिक गरेका थिए ।


क्लिकमान्डु