नेपाल एसबिआई बैंकले विभिन्न पदमा खुलायो जागिर, आबदेन दिन यसो गर्नुहोस्
काठमाडौ । के तपाई बैंकिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहानुहुन्छ ? यदि हो भने नेपाल एसबिआई बैंकले विभिन्न पदमा जागिर खुलाएको तपाईका लागि अवसरको ढोका खोलेको छ ।
बैंकले सूचना जारि गरी विभिन्न पदमा गरि कूल २८ जना कर्मचारी माग गरेको छ ।
यसरी माग हुने पदमा सिनियर म्यानेजर ४ जना, अफिसर स्पेशल क्याडर (लिगल) १ जना, अफिसर स्पेशल क्याडर (इन्टरनल अडिट) १ जना, जुनियर अफिसर स्पेशल क्याडर(इन्फमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी) १ जना र जुनियर अफिरमा २१ जना कर्मचारी माग गरेको छ ।
आबेदन दिन चाहानेहरुले नेपाल एसविआई बैंकका वेभसाइटमा गई निबेदन, पछिल्लो पासपोर्ट साइजको फोटो, नागरिकता र अन्य सबै मार्कसिट र सटिफिकेटहरु अपलोड गर्नुपर्ने बैंकले जनाएको छ ।