बेलायती प्रधानमन्त्री टेरेजा मेद्वारा राजीनामाको घोषणा



लण्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले प्रधानमन्त्री पदबाट राजिनामा दिएको घोषणा गरेकी छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार मेले प्रधानमन्त्रीबाट राजिना दिएको घोषणा गरेकी छन् । अर्को उत्तराधिकारी नचुनिदासम्म मे प्रधानमन्त्री पदमा बहाल रहनेछन् ।

भावुक सम्बोधन गर्दै टेरेज मे डाउनिंग स्ट्रिटमा आयोजित सम्बोधनको क्रममा उनले सन् २०१६ को परिणामलाई सम्मान गर्न पूर्ण कोशिस गरेको बताएकी छन् ।
उनले बेक्सिसट सफलता प्राप्त गर्न नसक्नुमा दुःख व्यक्त गरिन् ।

बेलायत अहिले युरोपियन युनियनबाट बाहिरिने प्रक्रियामा छ । सन् २०१६ मा भएको जनमत संग्रहमा युरोपियन युनियनबाट बाहिरिने विषयमा जनमत आएको थियो । त्यसपछि मे प्रधानमन्त्रीमा चुनिएकी हुन् ।

बेलायतको राजनीतिमा महिला प्रधानमन्त्री बन्ने मे दोस्रो महिला हुन् ।ऐजेन्सी


क्लिकमान्डु