आयकरको छुटको सीमा परिवर्तन नहुने, राजस्वको लक्ष्य नपुग्दा मध्यमवर्ग करको मारमा
काठमाडौं । राजस्वको लक्ष्य चालु आर्थिक वर्षमा भेट्टाउन सरकारलाई निकै मुस्किल परेको छ ।
बैशाखसम्म लक्ष्य अनुसार करिब १ खर्ब रुपैयाँ राजस्व संकलन भएको छैन । आगामी बुधबार संघिय संसदमाबजेट पेश हुदै छ ।
यो पटक बजेटमा आयकरको सीमा नबढ्ने देखिएको छ ।
अहिले व्यक्तिगत तर्फको आयकरको न्यूनतम सीमा अविवाहितको लागि वार्षिक ३ लाख ५० हजार र विवाहितको लागि ४ लाख रुपैयाँ रहेको छ ।
गतवर्षदेखि सरकारले आयकरको व्यवस्था परिवर्तन गरेको हो । न्यूनतम सीमाभित्र रहेर प्राकृतिक व्यक्तिले आर्जन गर्ने आयमा १ प्रतिशत कर लाग्छ ।
१ प्रतिशतपछि अहिले आयकर १०,२० र ३० प्रतिशत तिर्नुपर्ने व्यवस्था छ । आम्दानी अनुसार आयकरको सिमा फरक छ ।
४ लाख ५० हजारसम्म ५ लाख, ६ लाख ५० हजारसम्म १० प्रतिशत, २० लाखसम्ममा २० प्रतिशत र २० लाखभन्दा माथिको आयमा ३० प्रतिशत आयकर लाग्ने अहिलेको व्यवस्था छ ।
बजेटमा हरेकवर्षजस्तो व्यक्तिगत तर्फ आयकर नलाग्ने सिमा ५० हजारको दरले औसतमा बढ्ने गरेको थियो ।
‘राजस्वको लक्ष्य पुरा नभएको हुँदा यो पटक व्यक्तिगततर्फ आयकरमा छुट पाउने सम्भावना छैन,’अर्थमन्त्रालयका एक अधिकारीले भने ।
आयकरतर्फ अहिलेको करका दरहरु नै निरन्तरता पाउने छन् ।