चुनाव हारेपछि राहुल गान्धीले दिए पार्टी अध्यक्षबाट राजिनामा



नयाँ दिल्ली । चुनाव हारेपछि राहुल गान्धीले कांग्रेस आईको अध्यक्ष पदबाट राजिनामा दिएका छन् । भारतीय संचारमाध्यमका अनुसार उनले आफ्नी आमा सोनिया गान्धी समक्ष राजिनामा दिएका हुन् ।

सन् २०१४ मा देशभर चुनाव हारेपनि आफ्नो परम्परागत सिट अमेठी बचाउन सफल भएका थिए । यो पटक सन् २०१४ को तुलनामा सिट बढेपनि राहुल गान्धी आफै आफ्नो पराम्परागत सिट अमेठीबाट पराजित हुने अवस्थामा पुगेका छन् ।

राहुल गान्धीले पत्रकार सम्मेलनमा अमेठीबाट हारको स्विकार गरेका थिए । देशभर भएको हारको जिम्मेवारी आफुले लिने बताएका थिए ।

यो पटकपनि कांग्रेस आईले संसद्मा प्रमुख प्रतिपक्षीको समेत हैसियत पाउने अवस्था रहेको छैन ।


क्लिकमान्डु