भारतीय निर्वाचन – कन्हैया कुमार बिजेपीका गिरिराजसिंहसँग पराजित




भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (बिजेपी)का विरुद्धमा उभिएर चर्चा कमाएका एक मात्र उम्मेदवार हुन बिहार बेगुसराय कन्हैया कुमार ।

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयको छात्र संगठनका पूर्व अध्यक्ष समेत रहेका कन्हैया सीपीआई पार्टीको टिकटमा निर्वाचन लडेका थिए ।

विशेष गरी मोदी सरकारको विरुद्धमा आवाज उठाएर चर्चा कमाएका उनलाई बिजेपीकै उम्मेदवार गिरिराज सिंहले पराजित गरेका हुन् ।

हाल उनी सिंहभन्दा झण्डै ४ लाख मतले पछाडि छन् ।


क्लिकमान्डु