भारतीय निर्वाचन- प्रधानमन्त्री मोदीको प्रचण्ड बहुमत आउँदा, सेयर बजारले छोयो एतिहासिक रेकर्ड

511
Shares

भारतीय लोकसभा चुनावमा नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी)को सुरुवाती अग्रतामा एतिहासिक रेकर्ड कायम गरेको सेन्सेक्स कारोबार सकिँदासम्म बजारमा केही गिरावट आएको छ ।

एनडीएको सुरुवाती अग्रतासँगै स्थिर सरकार बन्ने आशामा सेन्सेक्स १०१५ अंकले बढेर ४०१२४.९६ मा पुगेको थियो । यो अहिलेसम्मको एतिहासिक रेकर्ड थियो । तर कारोबार बन्द हुँदा २९८.८२ अंकले घटेर ३८८११.३९ अंकमा सीमित भयो ।
त्यस्तै, निप्टीमा पनि ५५.४० अंकले घटेर ११६८२.५० मा पुग्यो ।

प्रधानमन्त्री पदमा मोदीको दोस्रो कार्यकाल सुरु हुने निश्चित भएसँगै सेन्सेक्समा उत्साह चरम अवस्थामा पुगेको थियो । हालसम्म बाहिर आएको अग्रताका आधारमा मोदीको पार्टी बिजेपीले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै सिट जित्ने सम्भावना देखिएको छ ।

सन् २०१४ मा कुल ५४२ सिटमा ३३६ सिट जितेको थियो । एजेन्सी