महासंघ अध्यक्ष राणाको अर्थमन्त्रीलाई सुझाव : कार्यान्वयन गर्ने बजेट ल्याउनुहोस्



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बजेट निर्माणमा जुटेका अर्थमन्त्री डा युवराज खतिवडालाई कार्यान्वयन गर्न सकिने बजेट ल्याउन सुझाव दिएकी छन् ।

महासंघले सयुक्त रुपमा अर्थमन्त्री खतिवडालाई भेटेर बजेटको विषयमा सुझाव दिएको छ । महासंघले बजेटमा घोषणा भएका कार्यक्रमलाई कार्यान्वयन खोजेको छ ।

क्लिकमाण्डूले महासंघ अध्यक्ष राणालाई कस्तो खालको बजेट खोज्नु भएको छ भनेर सोधेको थियो । उनले आफुले खोजेको बजेट संक्षेपमा यसरी बताइन् ।

विगतदेखि नै बजेटमा कार्यक्रमहरु घोषणा हुन्छ । जहिले पनि बजेट कार्यान्वयनमा आएर फितलो बन्ने गरेको छ ।

अघिल्लो वर्षपनि अर्थमन्त्रीज्यूले संसद्मा सार्वजनिक गरेको बजेट राम्रो नथियो । स्टार्टअप उत्पादन मुलक उद्योगहरुमा सहुलियतका कुरा थिए । त्यो कुरा कार्यान्वयन भएन ।

सरकारले लिएको विकास खर्च समेत भएन । यसमा अर्थमन्त्रीज्यूले यो वर्ष संघियताको लागि कानून बनाउनु परेको हुँदा बजेट कार्यान्वयन गर्न नसक्ने बताउनु भएको छ ।

अब ल्याउने बजेटमा समावेश भएका कार्यक्रमहरु जसरी पनि कार्यान्वयन गर्नुपर्छ । हरेक वर्ष एउटा बहाना बनाएर बजेट कार्यान्वयन नहुँदा हामीले लिएका आर्थिक विकासका लक्ष्यहरु पुरा हुन सकेका छैनन् ।

यो वर्षको बजेट अब आउने लागेको छ । निजी क्षेत्रका तीनवटा संगठनले सयुक्त रुपमा नै देशको अर्थतन्त्रलाई उकास्नको लागि बजेटमा दिनुपर्ने सुझाव दिएको छ ।

अहिले मुख्य रुपमा बैंकको ब्याजदरले उद्योग व्यवसाय गर्नको लागि समस्या परेको छ । यसको लागि सरकारले सम्बोधन गर्नुपर्ने हुन्छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । पर्यटक बढाउनको लागि गर्नुपर्ने कामहरु अहिलेसम्म भएका छैनन् । यो कुरा बजेटमा सम्बोधन हुनुपर्ने छ ।

अर्को उद्योगको लागि विशेष सम्बोधन बजेटले गर्नुपर्छ । यो कुरा बजेटमा मात्र भनिएर भएन यसलाई कार्यान्वयन समेत गनुपर्यो ।


क्लिकमान्डु